कारबाही भ्रष्टहरूलाई कि खरेललाई ?
राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले एआईजी बढुवामा केही डीआईजीहरू ब्रिफकेस बोकेर शक्तिकेन्द्रहरू धाइरहेको भन्दै बोलेको कुरालाई लिएर सामाजिक सञ्जालदेखि सदनसम्म तातिएको छ । यो विषयलाई लिएर समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित देखिन्छ । एउटा कित्ता खरेलले सत्य बोलेकाले उनलाई कारबाही हुन नहुने तर्क दिइरहेको छ भने अर्को कित्ता ‘चेन अफ कमान्ड’लाई तोड्दै संगठनको मर्यादाविपरीत बोलेकाले खरेलमाथि कारबाही हुनुपर्ने तर्क पेस गरिरहेको छ । तर, सूक्ष्म विश्लेषण गर्दा खरेलले बोलेको कुरामा सहमति जनाउने र उनीमाथि कारबाही हुनुहुँदैन भन्ने पक्ष मजबुत देखिन्छ । भलै त्यो पक्षको सरकार र सदन र दलीय पद्धतिमाथि पकड कम होला तर जनस्तरको समर्थन भ्रष्टाचारका विरुद्धमा बोलेकाले खरेलले गलत गरेनन् भन्ने नै छ ।





२ माघको मध्याह्न काठमाडौँको हनुमानढोका डबलीमा नेपाली सेनाको
ब्यान्डबाजासहित बेग्लै तामझाम थियो। सन्दर्भ थियो, १६औँ राष्ट्रिय भूकम्प
सुरक्षा दिवस। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, रेडक्रसलगायत
अन्तर्राष्ट्रिय संगठनका उच्च अधिकारीको समेत बाक्लै चहलपहल रहेको सो
कार्यक्रमका प्रमुख अतिथि थिए, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी।