Thursday, September 19, 2013

फौजी चिकित्सक

भक्तपुरको ठिमीस्थित एउटा घरमा सखारै बिरामीको चहलपहल सुरु हुन्छ। घरमूली पालैपालो सबैका समस्या सुन्छन्। हत्केला, पैताला र अनुहारका विभिन्न विन्दुमा थिचथाच पार्छन्। यस्तो विधि बिरामीलाई पनि सिकाउँछन्। बिनाऔषधी राहत महसुस गरेकाहरू उज्यालो अनुहार लिएर फर्किन्छन्। हिँडडुल गर्न नसक्नेकहाँ भने आफैँ पुग्छन्, झपटबहादुर थापा मगर, ५६।

अकुप्रेसर विधिमार्फत बिरामीको निःशुल्क उपचारमा संलग्न झपटले ३६ वर्ष नेपाली सेनामा बिताए। सैनिक जवानबाट सुरु भएको उनको करिअर लेफ्टिनेन्ट कर्नेलमा गएर टुंगियो, तीन वर्षअघि। फौजमा हुँदा कसरत असाध्यै गर्नुपर्ने, धाईधपेडी उत्तिकै। जीउ साह्रै दुख्दा सैनिकहरू एकअर्कालाई मालिस गरिदिन्थे। उनमा भने उत्सुकता जाग्थ्यो, मालिसले दुखाइ कम हुन्छ कसरी ?

Wednesday, September 11, 2013

मेसीले त यस्तो ग-या छन्, रोहितको के कुरा

अफगानिस्तानविरुको खेलमा पेनाल्टी मिस गरेको भन्दै रोहित चन्दलाई धारे हात लगाउनेहरुले हेरौं, मेसी जस्ता अर्बौं पारिश्रमिक लिने खेलाडीले पनि पेनाल्टी यसरी मिस गर्छन् । अफगानी किपर मन्सुर स्वयंले नि भने नि, ‘पेनाल्टी भनेको फिफ्टी फिप्टी हो, यस अर्थमा म भाग्यमानी ठहरिएँ ।’
मेसीको पेनाल्टी मिस हेरौं :









Tuesday, September 10, 2013

धेरै सुत्नेहरू होसियार

निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औसतमा दिनको ८ घन्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र, लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।
तर, निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढी सुत्नु पनि भएन । आवश्यकता भन्दा बढी सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढी सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखा पर्छन् त ?

मधुमेह – अध्यनले के देखाएको छ भने एक रातमा ९ घन्टाभन्दा बढी समय सुत्ने मानिसहरूमा मधुमेहको समस्या देखापर्ने खतरा ७ घन्टा सुत्ने मानिसमा भन्दा ५१ प्रतिशत बढी हुन्छ ।

मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि ११ घन्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घन्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढी हुन्छ ।

मुटुरोग – बढी सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्छ । अध्ययन अनुसार हरेक रात ९ घन्टाभन्दा बढी सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।

डिप्रेसन – बढी सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

टाउको दुखाइ – बढी सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढी निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

ढाड दुख्ने – बढी सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढी समयसम्म सुत्दा ढाडको भागमा बढी चाप पर्ने भएकाले रक्तनली तथा मांशपेसीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।

यसका साथै आवश्यकताभन्दा बढी सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्य बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरू बताउँछन् ।

कति समय सुत्नु उपयुक्त ?
नवजात शिशु : दिनमा १८ घन्टासम्म
स्कुले केटाकेटी : १० देखि ११ घन्टासम्म
किशोरकिशोरी : ११ घन्टा
वयस्क : ७ देखि ८ घन्टा

उपत्यकाका विभिन्न स्थानमा फ्रि वाइफाई


कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्ने
वाइम्याक्स प्रविधि अपनाएर धेरै मानिस जम्मा हुने स्थानहरुमा वाइफाइ हटस्पट बनाउने लक्ष राखेको नेपाल टेलिकमले राजधानी काठमाडौंका विभिन्न स्थानमा नि:शुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ।
टेलिकमले हटस्पट निर्माणका क्रममा परिक्षण गरिरहेकाले विभिन्न ६ ठाउँमा निशुल्क वाइफाइ दिएको हो। wifi-hot-spot टेलिकमको यो आर्थिक वर्षमा मात्र देशका विभिन्न पाँच सय स्थानमा वाइफाइ हटस्पट बनाउने योजना छ।

काठमाडौंमा यतिखेर परिक्षणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी, वीर अस्पताल र बसन्तपुर दरबार स्क्वायर साथै टेलिकमका विभिन्न कार्यालयहरुमा निशुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ। टेलिकमका उपप्रबन्धक देबेन्द्र खतिवडाका अनुसार टेलिकमले विभिन्न १५ सय स्थानमा सञ्चालन गर्ने भनेको वाइफाइ हटस्पट निर्माणका क्रममा यतिखेर परिक्षणको काम भइरहेको छ। टेलिकमले वाइम्याक्स सेवा सुरु गर्दा १५ सय स्थानमा वाइफाइ हटस्पट सञ्चालनमा ल्याउने बताएको थियो।
उनले परिक्षण अवधिभर आम मानिसहरुले निशुल्क वाइफाइ इन्टरनेट चलाउन सक्ने बताए। यतिखेर टेलिकमले वाइफाइ हटस्पटको बिलिङ सिष्टमको परिक्षण गरिरहेको छ। यही परिक्षणको क्रममा तीन महिनासम्म आम उपभोक्ताले भने निशुल्क इन्टरनेट चलाउन पाउँछन्। टेलिकमले परिक्षण गरिरहेको वाइफाइ हटस्पटका क्षेत्रमा फोन, ल्यापटप तथा आईप्याड लगायतबाट इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स इन्टरनेट चलाउनका लागि छुट्टै उपकरण आवश्यक भएपनि हटस्पटमा भने सिधै मोबाइल, आइप्याड वा ट्याब्लेटबाट नै इन्टरनेट चलाउन सकिन्छ।
अहिले हटस्पट परिक्षण भएका स्थानहरुमा ३ एपबीपीएस डाउनलोड र १ एमबीपीएस अपलोड क्षमता भएको इन्टरनेट सेवा उपलब्ध छ। अहिले जडान भएर निशुल्क उपलब्ध रहेको हटस्पटबाट कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्नेछन्। टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङमल, बसपार्क साथै पर्यटक आवागमन बढी हुने क्षेत्रहरुमा हटस्पट बनाउने छ। यसका लागि अमेरिकन कम्पनी एयरस्पान नेटवर्कसँग टेलिकमले गत फागुनमा नै सम्झौता गरिसकेको छ।

कन्डममा पनि कमिसन

 काठमाडौँ, नयाँ सडकका औषधी विक्रेता दिनेश सकेसम्म नयाँ ब्रान्डका कन्डम बेच्न खोज्छन्। नेपाल सीआरएस कम्पनी, मेरी स्टोप्स इन्टरनेसनललगायत कम्पनीले सोसल मार्केटिङ् अन्तर्गत बजारमा ल्याएका सस्ता कन्डम भने सकेसम्म बेच्दैनन्। "नेपाली कम्पनीका कन्डममा एक/दुई रुपियाँभन्दा नाफा हुँदैन, विदेशी ब्रान्डमा १८ देखि २० रुपियाँसम्म आउँछ," उनी हाकाहाकी भन्छन्, "कसैले नामै तोकेर नमागेसम्म सस्ता कन्डम बेच्दिनँ।"

नयाँ बानेश्वरका अर्का औषधी व्यवसायी मनोज भने मानिस हेरेर कन्डम बेच्दा रहेछन्। "व्यक्तिको आर्थिक हैसियत आकलन गरेर बेच्ने गरेको छु," उनी भन्छन्, "पैसा हुनेले बार्गेनिङ् गर्दैनन्, भनेजति दिन्छन्।"

दिनेश र मनोज त उदाहरण मात्र हुन्। उनीहरू कन्डमबाट मात्रै मासिक १० हजारभन्दा बढी नाफा हुने सुनाउँछन्। अधिकांश विक्रेताले बढी नाफा हुने भएकाले आयातित नयाँ ब्रान्डका कन्डम नै बिक्री गर्दै आएका छन्। जस्तो ः सीआरएसले बजारमा ल्याएको प्रतिप्याकेट पाँच रुपियाँ पर्ने ढालमा बिक्रेताले जम्मा एक रुपियाँ कमिसन पाउँछन्। त्यस्तै सीआरएसकै प्रतिप्याकेट १० रुपियाँ पर्ने प्यान्थरमा विक्रेताले केवल दुई रुपियाँ कमिसन पाउँछन्। तर, अन्य ब्रान्डका कन्डम प्रतिप्याकेट सात/आठ रुपियाँमा किनेर २५ रुपियाँसम्म बेच्ने गरेको विक्रेताहरू सुनाउँछन्।

Monday, September 9, 2013

COULD NEPALI FOOTBALL SURVIVE WITHOUT A REFEREE ?

नेपाली फुटबल रेफ्रीविहीन बन्ने जोखिम


यस वर्षको सहिद स्मारक 'ए' डिभिजन लिगको समय रेफ्री कमिटीका अध्यक्ष सुरेन्द्र सिख्राकारलाई रेफ्रीको व्यवस्था मिलाउन हम्मेहम्मे पर्‍यो। कारण थियो, नेपाली फुटबलमा रेफ्रीको सीमित संख्या। 'ए' डिभिजन लिगमा मात्र कुल १ सय ४८ वटा खेल भए। र, ती सबै खेल केवल ६ जना रेफ्रीको भरमा सञ्चालन गर्नुपर्‍यो। सिख्राकार भन्छन्, "अहिलेसम्म कुनै समस्या परेको छैन। तर, अप्ठ्यारो भने परिरहेकै छ।"


लगभग सबै 'ए' डिभिजन फुटबल क्लबहरूको वाषिर्क बजेट एक करोड रुपियाँभन्दा माथि छ। 'ए' डिभिजन लिगमा पुरस्कार राशि नै झन्डैझन्डै डेढ करोड रुपियाँको हाराहारीमा पुगिसकेको छ। तर, मैदानका न्यायाधीश अर्थात् रेफ्री पेसातर्फ आकर्षण पटक्कै बढेको छैन। बरू भएका रेफ्रीसमेत अन्य पेसातर्फ मोडिँदै छन्। नेपाली फुटबलमा रेफ्रीहरूको कुल संख्याले यही कुरालाई इंगित गर्छ।

Sunday, September 8, 2013

MISUSE OF EMERGENCY CONTRACEPTIVE PILLS

किशोरीहरूमा गर्भनिरोधक पिल्सको दुरुपयोग बढ्दो


 "दिदी तपाईं त म्यारिड हुनुहुन्छ, तपाईंलाई अप्ठ्यारो हुन्न, इमर्जेन्सी पिल्स किनेर ल्याइदिनूस् न !" भर्खर ११ पढ्दै गरेकी छिमेकी बहिनीको यो हठात् आग्रह काठमाडौँ, कालीमाटीकी प्रमिलालाई एक क्षण त सपनाजस्तै लाग्यो। भन्छिन्, "मलाई होइन, साथीकी दिदीलाई भनिन्, पछि अलि कड्किएर र केही फकाएर सोधेपछि मात्र ब्वाइफ्रेन्डसँग असुरक्षित यौनसम्पर्क भएको स्वीकारनि्।" त्यसपछि आइन्दा यस्तो गल्ती नगर्ने सर्तमा इमर्जेन्सी पिल्स (गर्भनिरोधक) किनेर दिइएको प्रमिला सुनाउँछिन्।

Friday, September 6, 2013

HEALTH INSURANCE IS POSSIBLE IN NEPAL


स्वास्थ्य बिमामा सफल अनुभव

स्वास्थ्यका क्षेत्रमा क्रियाशील संस्था करुणा फाउन्डेसनले रसुवाको स्याफ्रु, सुनसरीका घोक्राहा, औरावनी, भलुवा र मधेसा गरी पाँच गाविसमा स्थानीय निकायसँगको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम सफलतापूर्वक सञ्चालन गररिहेको छ। कार्यक्रम अन्तर्गत हरेक गाविसमा एउटा स्थानीय समिति तयार पारिएका छन्, जसमा जनप्रतिनिधिहरू सामेल हुन्छन्। हरेक घरधुरीले वाषिर्क १ हजार २ सय रुपियाँ समितिलाई बुझाउँछन्। कोही बिरामी भएको खण्डमा तिनै समितिले मूल्यांकन गरी उपचार व्यवस्था मिलाउँछन्। फाउन्डेसनका राष्ट्रिय निर्देशक दीपकराज सापकोटा भन्छन्, "६ जनाको एउटा घरधुरीबाट वाषिर्क १२ सय रुपियाँ उठाउँदा एक घरधुरीलाई वाषिर्क ३० हजार रुपियाँसम्मको स्वास्थ्य बिमा सेवा दिन सकिने रहेछ।"


जनसहभागितामूलक ढाँचामा स्वास्थ्य बिमा सेवा लागू गर्ने हो भने महँगिँदै गएको स्वास्थ्य सेवा खर्च न्यून गर्नुका साथै आपत परेका बेला हात फैलाउँदै हिँड्नुपर्ने बाध्यताबाट समेत मुक्ति पाउन सकिने सानो उदाहरण हो यो।

असुरक्षित रंगशाला #Stadium #Football

  ** २१ फागुन २०६९ । एएफसी च्यालेन्ज कप २०१४ को छनोट प्रतियोगिता अन्तर्गत नेपाल र बंगलादेशबीच खेल भइरहँदा दर्शकदीर्घाबाट ब्याट्री र सिम निकालिएको मोबाइल र लाइटरले सहायक रेफ्रीमाथि प्रहार भयो । खेल केही बेर रोकियो ।

  ** २३ फागुन २०६९ । च्यालेन्ज कपको छनोट प्रतियोगिता अन्तर्गत नै नेपाल र प्यालेस्टाइनबीचको खेल सुरु हुनै लाग्दा 'फ्लड लाइट' निभ्यो । करिब आधा घन्टा दशरथ रंगशाला अन्धकारमय हुन पुग्यो । त्यही खेलपछि प्यालेस्टाइनका प्रशिक्षक जमाल महमुदले नेपाली समर्थकले आफ्ना केही खेलाडीलाई घाइते बनाएको गुनासो पोखे ।

 ** १६ कात्तिक २०६६ । एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपाल र जोर्डनबीच तनावपूर्ण वातावरणमा खेल भइरहेको थियो । खेल २-२ को बराबरीमा थियो । जोर्डनका दुई खेलाडी रातो कार्ड पाएर बाहिरिसकेका थिए । यद्यपि, अन्तिम समयमा जोर्डनले गोल थप्यो । दर्शकहरू उत्तेजित भए । प्यारापिटबाट हानिएको ढुंगा इरानी सहायक रेफ्री सकुदर हैदरलाई लाग्यो। उनी त्यहीँ ढले । टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल त्रिपुरेश्वरस्थित ब्लुक्रस नर्सिङ् होम पुर्‍याइयो ।



यी प्रतिनिधि घटनाले दशरथ रंगशालाको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउँछन्। पछिल्लो समय नेपालमा उल्लेख्य संख्यामा अन्तर्राष्ट्रिय खेलहरू हुन थाले पनि रंगशालामा पूर्वाधार निर्माण तथा स्तरोन्नतिको कामचाहिँ भएको छैन। कतिसम्म भने विश्व फुटबल महासंघ (फिफा)ले लागू गरेको 'फिफा स्टेडियम सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन्स'का न्यूनतम मापदण्डसमेत पूरा गर्दैन, दशरथ रंगशालाले।