Friday, December 27, 2013

कर छली रोक्न कार्डको प्रयोग जरूरी : INCREASING USE OF PLASTIC MONEY IN NEPAL

कारोबारमा प्लास्टिक मनी

Story by : UPAHAR JUNG SHAH

"मसँग भिसा कार्ड छ, कार्डबाट तिरे हुँदैन ?"

"हुन त हुन्छ तर अतिरिक्त दुई प्रतिशत शुल्क लाग्छ।"

"ए, त्यसो ! पख्नूस्, म एटीएमसम्म पुगेर नगदै लिएर आउँछु।"
राजधानीको एक सपिङ् मलमा क्रेता र बिक्रेताबीच भएको वार्तालापको अंश हो यो। मुलुकको अर्थतन्त्रले उदारीकरणको नीति लिएपछि सबैभन्दा दू्रत गतिमा विकास भएको बैंकिङ् तथा वित्तीय क्षेत्रले सूचना प्रविधिका क्षेत्रमा पनि मनग्य लगानी गर्‍यो र अन्तर्राष्ट्रिय प्रचलनमा रहेका प्रविधि नेपाल भित्र्यायो। अद्यापि, ती प्रविधिको प्रयोगमा भने समस्या नै छ। जस्तो : पछिल्लो समय हरेकजसो बैंकले हरेक ग्राहकलाई भिसा तथा एससीटी कार्ड अनिवार्यजस्तै गराएको छ। तर, तिनको प्रयोगका सम्बन्धमा चेतना नहुँदा र विशेष गरी दैनिक लाखौँको कारोबार गर्ने व्यापारीहरूले समेत आर्थिक कारोबारका लागि बैंकिङ् च्यानललाई नअपनाउँदा उपभोक्ताले त्यसबाट अधिकतम लाभ लिन पाएका छैनन्।