Monday, November 7, 2022

बगरको फूल र हर्क साम्पांग


बगरमा फूल फुलाउन हुन्थ्यो वा हुन्नथ्यो ! त्यसले धरानलाई कति लाभान्वित गर्ला ! मेयरजस्तो महत्त्वपूर्ण पदमा बसेको मान्छे बगर-बगर चहारेर, ढुंगा बोकेर, श्रम गरेर हिँढ्दा ठीक होला वा अरु महत्त्वपूर्ण मुद्दामा केन्द्रित हुनुपर्छ- यी बेग्लै बहसका विषय होलान् ।

तर, बगरमा फूल फुलाउन सक्छु, बजेटबिना श्रमदानका भरमा काकाकुल सहरलाई पानी पिलाउन सक्छु, वनभरि फलफूल र तकारी फलाउन सक्छु भन्ने मेयर हर्क साम्पांग (Harka Sampang A Revolution) को जुन दृढता छ, त्यो असाध्यै रहरलाग्दो, विकास-निर्माणका काममा जनतालाई नै सहभागी गराउने र त्यसमा अपनत्व महसुसर गराउने खालको छ ।

उनको धरानलाई सुन्दर बनाउँछु भन्ने ढृटताबाट एउटा कुरा के सिक्न सकिन्छ भने आउँदा निर्वाचनहरुबाट हामीलाई बडेबडे क्रान्तिकारी र देशलाई कता कता पु-याइदिन्छु भन्ने उडन्ते नेता होइन, नियत ठीक भएका नेता चाहिने रहेछ ।
कसैले चुनावमा पैसाको खोलो बगाउँदै छ भने तिनको पैसा लिऔँ, मासुभात बियर के के बाँड्छन्, मन लाग्छ भने भरपूर मजा लिऔँ । तर, भोट चाहिँ इमानदार र नियत ठीक भएकालाई नै दिऔँ । राजनीतिका कुपात्रहरुलाई चिनौँ । किनभने, अहिले पैसाको खोलो बगाउनेले चुनाव जित्नासाथ खर्च उठाउन थाल्छ । र, त्यसको एउटै सूत्र भनेको भ्रष्टाचार नै हो ।
#nonotagain to भ्रष्टाचारी