Tuesday, January 12, 2021

कान्तिपुरलाई ब्रिटिसबाट पनि जोगाएका थिए पृथ्वीनारायणले

पृथ्वीनारायण शाहबाट जाेगिन कान्तिपुरका राजाले इस्ट इन्डिया कम्पनीसँग सहायता मागे । ब्रिटिस फाैजलाई सिन्धुलीगढीमा गाेर्खा सेनाले राेकेनन् मात्र, धूलाे चटाएर पठाए । त्यस युद्धमा ठूलाे क्षति भाेगेका अंग्रेजले धेरै पछिसम्म नेपाललाई कर्के नजर लगाएनन् ।

कान्तिपुरका राजाकाे मद्दतका लागि सेना पठाएकाे त्यस बेलाका इस्ट इन्डिया कम्पनीका दस्तावेज लगायत धेरै ठाउँमा लिखित प्रमाण भेटिने तथ्य हाे, पृथ्वीनारायणकाे बढाइ-चढाइ गर्न वा कसैलाई हाेच्याउन रचिएकाे कथा हाेइन । त्यस बेला गाेर्खा सैनिकले अंग्रेजबाट जफत गरेका थुप्रै हतियार अझै हाम्रा संग्रहालयहरूमा सुरक्षित छन् ।
अर्काे कुरा कान्तिपुरका राजाले विदेशी सैनिक बाेलाएर राष्ट्रकाे घात हुने काम गरे भन्ने पनि हाेइन । राजाका हैसियतले आफ्नाे देशलाई आक्रमणबाट जाेगाउन गर्नुपर्ने प्रयास उनले गरेका हुन् । छलकपट गरेर अन्य राज्यमा आधिपत्य जमाउन ब्रिटिसहरू माहिर नै थिए । कान्तिपुरका राजालाई पनि निःस्वार्थ सहयाेग गर्न बेलायती सेना पक्कै आएका थिएनन् ।
तर, त्यसबेला जहाँ ब्रिटिस सेना पुगे, त्यहाँ उनीहरूले सजिलै छाडेकाे उदाहरण कहाँ छ? काठमाडाैँमा बेलायती सेना आइपुगेकाे भए त्यतिबेलै याे इस्ट इन्डिया कम्पनीकाे अधिनस्थ हुन्थ्याे । अनि, कहाँ रहन्थ्याे नेपाल? बिस्तारै नेपालका अरू भूभाग पनि उनीहरूकै नियन्त्रणमा जान्थ्याे ।
फेरि त्यस बेला युद्धकाे सुरुआत गर्ने पृथ्वीनारायण पहिलाे राजा थिएनन् । भुरेटाकुरे राज्य लडिरहन्थे । मान्छे पनि मर्थे । साना र कमजाेर राज्यले ठूला शक्तिशाली राज्यकाे प्रताडना सहनै पर्थ्याे ।
याे नयाँ तथ्य हाेइन । तर, कतिपय मान्छे बुझपचाउँछन्, पृथ्वीनारायणलाई धारे हात लगाउँछन् । पृथ्वीनारायण नभएकाे भए 'हामी सम्पन्न, स्वाधीन, सुन्दर राज्य हुन्थ्याैँ' भन्छन् । तर, जहाँ ब्रिटिस पुगे, त्यहाँ संस्कृति मात्र हाेइन, भाषा समेत बाँकी राखेका छैनन् भन्ने भारतकै इतिहास पढे धेरै छर्लंग हुन्छ । बरू पृथ्वीनारायले कान्तिपुरका परम्परालाई तत्काल जारी राखे । यहाँका संस्कृति, बाजागाजा-संगीतलाई प्राेत्साहन दिए ।
अहिले कम्तीमा कसैले 'भारतभन्दा तिमीहरूमा के खास छ?' भन्दा- 'हामी सदासर्वदा सार्वभौम थियाैँ'भनेर गर्व गर्न पाइएकाे छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति काेटि काेटि प्रणाम ।