कारोबारमा प्लास्टिक मनी
Story by : UPAHAR JUNG SHAH
"मसँग भिसा कार्ड छ, कार्डबाट तिरे हुँदैन ?"
"हुन त हुन्छ तर अतिरिक्त दुई प्रतिशत शुल्क लाग्छ।"
"ए, त्यसो ! पख्नूस्, म एटीएमसम्म पुगेर नगदै लिएर आउँछु।"

राजधानीको एक सपिङ् मलमा क्रेता र बिक्रेताबीच भएको वार्तालापको अंश हो
यो। मुलुकको अर्थतन्त्रले उदारीकरणको नीति लिएपछि सबैभन्दा दू्रत गतिमा
विकास भएको बैंकिङ् तथा वित्तीय क्षेत्रले सूचना प्रविधिका क्षेत्रमा पनि
मनग्य लगानी गर्यो र अन्तर्राष्ट्रिय प्रचलनमा रहेका प्रविधि नेपाल
भित्र्यायो। अद्यापि, ती प्रविधिको प्रयोगमा भने समस्या नै छ। जस्तो :
पछिल्लो समय हरेकजसो बैंकले हरेक ग्राहकलाई भिसा तथा एससीटी कार्ड
अनिवार्यजस्तै गराएको छ। तर, तिनको प्रयोगका सम्बन्धमा चेतना नहुँदा र
विशेष गरी दैनिक लाखौँको कारोबार गर्ने व्यापारीहरूले समेत आर्थिक
कारोबारका लागि बैंकिङ् च्यानललाई नअपनाउँदा उपभोक्ताले त्यसबाट अधिकतम लाभ
लिन पाएका छैनन्।