भक्तपुरको ठिमीस्थित एउटा घरमा सखारै बिरामीको चहलपहल सुरु हुन्छ। घरमूली
पालैपालो सबैका समस्या सुन्छन्। हत्केला, पैताला र अनुहारका विभिन्न
विन्दुमा थिचथाच पार्छन्। यस्तो विधि बिरामीलाई पनि सिकाउँछन्। बिनाऔषधी
राहत महसुस गरेकाहरू उज्यालो अनुहार लिएर फर्किन्छन्। हिँडडुल गर्न
नसक्नेकहाँ भने आफैँ पुग्छन्, झपटबहादुर थापा मगर, ५६।
अकुप्रेसर विधिमार्फत बिरामीको निःशुल्क उपचारमा संलग्न झपटले ३६ वर्ष नेपाली सेनामा बिताए। सैनिक जवानबाट सुरु भएको उनको करिअर लेफ्टिनेन्ट कर्नेलमा गएर टुंगियो, तीन वर्षअघि। फौजमा हुँदा कसरत असाध्यै गर्नुपर्ने, धाईधपेडी उत्तिकै। जीउ साह्रै दुख्दा सैनिकहरू एकअर्कालाई मालिस गरिदिन्थे। उनमा भने उत्सुकता जाग्थ्यो, मालिसले दुखाइ कम हुन्छ कसरी ?