इभोन बुडेनबर्गको पुस्तक छ, एभ्री लाइफ इज ए फेयरी टेल। अर्थात्, हरेक
जीवन एउटा परीकथा हो। सर्जक र जनसाधारणबीच फरक कति भने सजर् कहरू जीवनका
विविध भोगाइलाई अक्षरको धागोमा उनेर सुन्दर माला बनाउँछन्, जनसाधारणका कथा
मानसपटलबाटै विस्मृत हुँदै जान्छन्। प्रेम, यौन र सम्बन्धका यस्तै सामाजिक
दृश्यलाई कथा सामग्री बनाएकी छन्, निरूपा प्रसूनले, तिम्रो लोग्ने र
ममार्फत।
'हाम्रो अघिबाट एक जोडी हात समाउँदै तल खोल्साबाट उठेर गयो। तिनीहरूलाई देखाउँदै भने उनले, कहिले मलाई सृजाले प्रेम गर्ली र त्यो झ्याङभित्र जाने हो।' कथा 'वरिपरि'मा एक तरुण लेखिकाको बयान हो यो, जो उनी अर्थात् ५० नाघेका एक वरष्िठ कविलाई निकै सम्मान गर्छिन्, स-साना कुरा पनि सुनाउँछिन्। तर, ती कविको मनको अन्तरकुनामा कस्तो चाहना लुकेको रहेछ त? के यसले सामाजिक यथार्थको चित्रण गर्दैन? यस्तै यस्तै विविध सम्बन्ध र त्यसभित्रका स्वार्थको मिहिन विश्लेषण छन्, प्रसूनका कथामा।
सामाजिक आडम्बरलाई प्रसूनले मनोवैज्ञानिक ढंगले केलाएकी छन्, आफ्ना कथामा। तर, दर्शन र सिद्धान्तका बोझ बोकाएर होइन, समाजमा घटित सन्दर्भका सरल उदाहरणमार्फत। त्यही कथामा वरष्िठ कहलिएका एक साहित्यकारसँग सृजाको अर्को संवाद :
'म तिम्रो कोठामा आउँछु। एक रातका लागि बास देऊ न।'
'यति राती हुँदैन। नौ बजिसक्यो। मकहाँ एउटा कोठा मात्र छ।'
'के भो त? मन मिले एउटै पलङमा सुतौँला।'
'अहो ! सँगै सुत्ने कुरा पनि यति सजिलै हुन्छ र? हुँदैन !'
'तिम्रो इच्छाविपरीत केही गर्दिनँ म।'
'नगर्नुहोला, अलग कुरा। कोठाबाहिरकाले के भन्छन्?'
'कहिलेसम्म मार्छौ आफ्नो रहर? के तिमीमा तरंग उठ्दैन? कि तिमी ढुंगा-माटो हौ?
'म मान्छे हुँ, अर्थोक होइन।'
'यत्रो हो ! तिमी आडम्बरमा बाँचेकी छौ। एक्काइसौँ शताब्दीकी भएर पनि अठारौँ शताब्दीकीजस्ती छौ। एकदम संकुचित विचार।'
प्रसूनका कथामा नयाँ पुस्ताको मनोविज्ञान प्रशस्त समेटिएको छ। यही लहरमा पर्छ, फेसबुके प्रेमदेखि लेस्बियनका कथासम्म। पार्वती नामकी एउटी १६ वर्षे केटी छे, 'ड्यानियल बुरेल' कथामा। काठमाडौँको एउटा घरमा घरेलु कामदार हो ऊ। फेसबुकमार्फत नै इङ्ल्यान्डमा बस्ने स्वीडिस केटो ड्यानियल बुरेलको प्रेममा पर्छे। प्रेमसँगै जोडिन्छन्, उन्नत भविष्यका अनेकन् परकिल्पना। तर, जब आफ्नो प्रेम झूट भएको थाहा पाउँछे, उसको मनोदशा कस्तो होला? पछिल्लो समय व्याप्त इन्टरनेट ठगीदेखि, अरूका घरमा दु:खजिलो गरेर उज्ज्वल भविष्यको कल्पना गर्ने युवतीको मनोविज्ञान एकसाथ प्रस्तुत गरेको छ, यस कथाले।
यौनका कथा बिकाउ हुन्छन्। यौन नयाँ विषयवस्तु पनि होइन। तर, महिला सर्जकका लागि यस्ता विषयवस्तु उठाउनु कम चुनौतीपूर्ण पक्कै होइन। सामाजिक मर्यादाको सीमाभित्र यस्ता विषयवस्तु उठाउन हिम्मत त चाहिन्छ नै, त्यसलाई सुन्दर ढंगले प्रस्तुत गर्न लेखनशिल्प पनि चाहिन्छ। युवावयका चाहना अनि यौनका प्रशस्त विम्ब जोडिएका छन्, यिनका कथामा। तर, ती किञ्चित अश्लील र भद्दा लाग्दैनन्। बरू समाजले स्वीकार्न नसकेका र खुल्न संकोच मानिरहेका मानिसका कथाझैँ लाग्छ।
आधार नामकी एक युवती छे, 'आधाआधी' कथामा, जो लेस्बियन हो। निर्देशिका नामकी एक युवतीको प्रेममा पागल हुन्छे ऊ। हुन त निर्देशिका पनि आधारलाई माया गर्छे तर उसको प्रेममा यौन जोडिएको छैन। तर, आधार निर्देशिकाबाट अरू पनि धेरै कुरा चाहन्छे। उसलाई आफूसँग टाँस्न खोज्छे, चुम्बन गर्न चाहन्छे। तर, प्रकृतिले उनीहरूको चाहनाबीच स्पष्ट रेखा कोरििदएको छ।
आधार भन्छे, 'माया गर्ने सबैले यस्तो गर्छन्, म मात्र अपवाद होइन।'
निर्देशिका प्रतिवाद गर्छे, 'अपवाद नै हो म्याम, हामी केटी-केटी भयौँ नि त!'
'के फरक पर्छ?' आधारको प्रश्न।
निर्देशिका सम्झाउँछे, 'फरक पर्छ। फरक नपर्ने भए मलाई किन असजिलो भयो त?'
सामाजिक विभेदका कथासमेत निकै सरल ढंगले भनिएका छन्, संग्रहमा। सामाजिक समस्यालाई औसत व्यक्तिले जसरी बुझेको हुन्छ, त्यसरी नै प्रस्तुत गरएिको छ। 'रामलाल' त्यस्तै कथाको उदाहरण हो। प्रजातन्त्र प्राप्तिपछि गाउँमा स्कुल खुल्छ। शिक्षकलाई एक विद्यार्थीले प्रतिसाता एक माना चामल दिनुपर्ने नियम बनाइन्छ। तर, सबैको पि्रय साथी रामलाल स्कुल आउन असमर्थ हुन्छ। किनभने, उसको परविारले सातामा एक माना चामल बुझाउन सक्दैन। केटाकेटीले बल्ल थाहा पाउँछन्, उनीहरूबीच पनि कोही धनी र कोही गरबि छन् भन्ने।
जिज्ञासाका अनेकन् लहर पाठकको मनमा उठाइदिएर घटनाका उपक्रम पाठककै जिम्मामा छाडेर कथा टुंग्याउनु सशक्त पक्ष हो, प्रसूनको। अधिकांश कथामा नारी पात्रका माध्यमले समाजको मनोविज्ञानलाई केलाइएको छ। कथाहरूमा नारीमाथि पुरुषका दृष्टिकोण नारी मनोविज्ञानका माध्यमले प्रस्तुत भएका छन् । एकाध अपरपिक्व र मनोवादजस्ता लाग्ने कथालाई छाड्ने हो भने कथासंग्रह पठनीय छ।
नेपाल साप्ताहिकमा प्रकाशित २१ मंसिर २०७१

No comments:
Post a Comment